Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बार्सिलोनालाई ठूलो धक्का, मेस्सीको गोलले पनि जिताएन

    बार्सिलोनालाई ठूलो धक्का, मेस्सीको गोलले पनि जिताएन

    अनलाइन नेपाल
  • बुधबार, १७ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ । गएराती भएको खेलमा एट्लेटिको म्याड्रिडसँग २–२ गोल अन्तरमा बराबरीमा रोकिएपछि बार्सिलोनालाई ठूलो धक्का लागेको हो ।

    बार्सिलोनाका कप्तान लियोनल मेस्सी मंगलबार आफ्नो खेलजीवनको ७००‌औं‍‌‌ ‌ गोल गर्न सफल रहे तर, खेल जिताउन भने सकेनन् ।



    क्याम्प नुमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।



    त्यसयता एट्लेटिकोका तर्फबाट दुवै गोल सउल निगुएजले गरे । दुवै गोल पेनाल्टीमा भएको थियो । यो नतिजापछि रियल म्याड्रिडले बुधबार गेटाफेलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोल्न सक्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार