Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • बार्सिलोनाको अवस्था दयनीय, च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने खतरा

    बार्सिलोनाको अवस्था दयनीय, च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने खतरा

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.6K
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा पनि स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३–० गोलले हारेको हो।

    बेन्फिकाको जितमा डर्विन न्यूनेजले २ गोल र राफा शिल्भाले एक गोल गरे। खेल शुरु भएको दुई मिनेटमा नै डर्विनले टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए।



    पहिलो हाफमा १–० गोलले अघि रहेको बेन्फिकाले दोस्रो हाफमा २ गोल गरेको थियो। सिल्भाले ६९ मिनेटमा टोलीको अग्रता दोब्बर बनाएका थिए। त्यसको २ मिनेटपछि बेन्फिकाले नै पेनाल्टी पायो। डर्विनले पेनाल्टीमा गोल गर्दै टोलीको जित पक्का गरे।



    जितसँगै बेन्फिका तालिकाको दोस्रो स्थानमा छ। उसले २ खेलबाट ४ अंक जोडेको छ। हार बेहोरेको बार्सिलोना अंकविहिन हुँदै तालिकाको पुछारमा छ। बायर्न म्युनिख २ खेलबाट ६ अंकका साथ शीर्षस्थानमा छ।

    लियोनल मेसीले छाडेसँगै कमजोर देखिएको बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै आउट हुने खतरा भएको छ। यसो त समूह चरणमा ४ खेल खेल्न बाँकी छ। र पनि टोलीको यही प्रदर्शनले बार्सिलोना अगाडि बढ्ने अपेक्षा गर्न सकिँदैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार