Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको अन्तिम चारमा

    आर्सनललाई हराउँदै बायर्न च्याम्पियन्स लिगको अन्तिम चारमा

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 363
    SHARES

    एजेन्सी । जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

    इंग्लिस क्लब आर्सनललाई गएराति दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित बायर्न अन्तिम चारमा पुगेको हो ।



    आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो।



    जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं मिनेटमा गोल गरेका थिए ।

    यो सिजन जर्मन बुन्डेस लिगा उपाधिबाट विमुख भएको बायर्न च्याम्पियन्स लिग जित्ने सम्भावनालाई भने जीवित राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार