Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • च्याम्पियन्स लिग : सिटी, पीएसजी र बार्सिलोना विजयी

    च्याम्पियन्स लिग : सिटी, पीएसजी र बार्सिलोना विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 822
    SHARES

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले योङ बोइजमाथि शानदार जित निकालेको छ।

    योङ बोइजको मैदान वाङ्कडोर्फ स्टेडियममा भएको खेलमा सिटीले ३-१ गोलले उसकै मैदानमा हरायो ।



    सिटीको जितमा आकान्जी, हालान्ड र पेनले गोल गरे बोइजका इलाले एक गोल फर्काए । यस्तै यही समूहको अर्को खेलमा आरबी लाइपजिगसँग रेडस्टार बेलग्रेड ३-१ ले पराजित भयो ।



    शनिबार नै भएको समूह एफको खेलमा पीएसजीले एसी मिलानलाई ३-० ले हरायो । गएराति यही समूहको अर्को खेलमा बुर्नोसिया डटमन्डले न्यूक्यासललाई १-० ले हरायो।

    यस्तै समूह एचको खेलमा बार्सिलोनाले शक्तर डोनत्स्कलाई २-१ गोलले हरायो। जितसँगै बार्सा समूह एचमा अपराजित छ। गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टिकसँग २-२ को बराबरीमा रोकियो। एफसी पोर्टोले रोयल एन्टवार्पलाई ४-१ ले हरायो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार