Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साढे २२ केजी चरेशसहित २ जना पक्राउ

    साढे २२ केजी चरेशसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 3.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ हरिया टोलबाट अवैध लागूऔषध चरेशसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका–१२ हरियाली टोल बस्ने रुकुम (पूर्व) सिस्ने गाउँपालिका– ८ घर भएका ३४ वर्षीय रतिभान दमाई र गुल्मी मदाने गाउँपालिका–७ घर भएका २९ वर्षीय मेघराज गिरी रहेका प्रहरीले जनाएको छ।



    ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई २२ दशमलव ५ केजी लागूऔषधसहित सोमबार विहान पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार