Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १५ किलो चरेशसहित ६ जना पक्राउ

    १५ किलो चरेशसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । प्रहरीले दाङको घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट १५ किलो चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट १५ के.जी. लागुऔषध चरेससहित ६ जनालाई ५ नं.प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका–२५ बस्ने वर्ष ४० का सन्तोष गुरुङ, रोल्पाको रोल्पा नगरपालिका–१० बस्ने वर्ष २२ का आकाश विक, सोही ठाउँ बस्ने २२ वर्षीय जितकुमार विक, थवाङ गाउँपालिका–५ बस्ने वर्ष ४० की कमला घर्ती, रोल्पाको परिवर्तन गाउँपालिका–४ बस्ने वर्ष ४५ की जुनु बुढा र २८ वर्षीय डिल बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार