Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • जेलभित्र रहेका भाईलाई चरेशको धुलोसहित भेट्न जाँदा दाई पक्राउ

    जेलभित्र रहेका भाईलाई चरेशको धुलोसहित भेट्न जाँदा दाई पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले जेलभित्र रहेका भाईलाई चरेशको धुलोसहित भेट्न आएका उनका दाईलाई पक्राउ गरेको छ ।

    लागूऔषध मुद्दामा जेलभित्र सजाय काटिरहेका सिन्धुपाल्चोकका २० बर्षीय लाक्पा शेर्पालाई भेट्न आएका उनका दाई सोही ठेगाना भएका २२ बर्षीय मिङमा शेर्पालाई प्रहरीले अन्दाजी १० ग्राम चरेशसहित पक्राउ गरेको जनाएको छ ।



    शेर्पालाई चेकजाँच गर्दा थुनामा रहेको भाईलाई ल्याएको प्लाष्टिकको झोलाभित्र रहेको दुवै स्पोर्ट्स जुत्ताको तलुवाभित्र चरेशको धूलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।



    उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार