Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • मुद्दा मिलाउने भन्दै रकम असुल्नेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना

    मुद्दा मिलाउने भन्दै रकम असुल्नेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, २३ असोज २०७७
  • 2.7K
    SHARES

    तस्विर गुगल

    चितवन । जिल्ला अदालत चितवनले लागूऔषध मुद्धा मिलाइदिने भन्दै रकम असुल गर्ने दुईजनालाई ३ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला गरेको छ ।

    न्यायाधीश हेमन्त रावलको इजलाशले सागर क्षेत्री र मानबहादुर श्रेष्ठलाई जनही तीन / तीन बर्ष कैद र ३० हजार जरिवानासहित ठगी गरेको रकम जाहेरवालाई फिर्ता दिलाउने फैसला गरेको हो ।



    लागूऔषधसहित पक्राउ परेका सन्तोष सिकारीलाई प्रहरीको एसपीलाई भनेर छुटाईदिन्छु भन्दै दुईजना बिचौलियाहरुले सिकारीको श्रीमती ज्योति सिकारीबाट ६ लाख नगद र १० तोला सुन लिएर ठगी गरेको आरोपमा मुद्दा दायर भएको थियो ।



    प्रहरीले १० ग्राम ३ सय ६० मिलिग्राम लागूऔषधसहित सन्तोष सिकारी, अनिल चौधरी, मनोजकुमार श्रेष्ठ र मीनबहादुर महतोविरुद्ध मुद्दा दायर गरेको थियो । न्यायाधीश रावलको इजलाशले उनीहरु सबैलाई जनही ६ बर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना ठहर गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार