Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

    लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ पुष २०७७
  • 2.9K
    SHARES

    सांकेतिक तस्विर

    काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले लागूऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने ६१ वर्षीय कृष्णभक्त श्रेष्ठ रहेका छन् ।



    २०६३ माघ १४ गते उच्च अदालत पाटनले लागूऔषध मुद्दामा दोषी ठहर गर्दै श्रेष्ठलाई ५ वर्ष कैद र ५ हजार जरिवाना सुनाएको थियो ।



    अदालतको फैसला लगत्तै श्रेष्ठ फरार थिए । उनलाई लुकिछिपि बसिरहेको अवस्थामा पुस १ गते पक्राउ गरिएकाे हाे ।

    फरार श्रेष्ठको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले उनलाई काठमाडौंको चौमतीबाट पक्राउ गरेको सिआईबीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुल थापाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार