Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एक किलो चरेशसहित भारतीय नागरिक पक्राउ

    एक किलो चरेशसहित भारतीय नागरिक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खान रहेका छन्।



    भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा चरेश ल्याइएको जानकारीका आधारमा प्रहरीले खानतलासी गर्दा मुस्ताविनले झोलामा लुकाइ राखेको एक किलो चरेश र उनको साथबाट  ४५ हजार ५०० भारतीय रुपैयाँ तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार भेटिएको प्रहरीले जनाएको छ ।



    पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार