Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • चरेश लिएर भारततर्फ जाँदै गरेका राज कुमार पक्राउ

    चरेश लिएर भारततर्फ जाँदै गरेका राज कुमार पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 480
    SHARES

    बारा । बारामा सशस्त्र प्रहरीले करीव दुई केजी चरेश बोकी भारततर्फ जाँदै गरेका एक जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको सुवर्ण गाउँपालिका ३ संतगन्ज सीमा ईलाकाबाट चरेश लिएर भारत जाँदै गरेका भारतको मोतीहारीका ३० वर्षीय राज कुमार पक्राउ परेका हुन् ।



    उनलाई सशस्त्रको बारास्थित बीओपी कबहीगोठले दुई केजी चरेशसहित मंगलबार नियन्त्रणमा लिएको हो ।



    मोटरसाइकलमा सवार ती व्यक्तिको साथबाट उनको चारवटा प्याकेटमा राखिएको चरेशलगायत केही भारतीय तथा नेपाली रुपैयाँ, भारतीय आधार कार्ड, ब्लु बुक र लाइसेन्ससमेत फेला पारेको सशस्त्र प्रहरी नायब निरीक्षक शैलेश थापाले बताए।

    बरामद भएको चरेश र अन्य समाग्रीसहित उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार