Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • कोरोना संक्रमण अपडेट : देशभर घट्यो, काठमाडौंमा बढ्यो, आज १६ जना थपिए

    कोरोना संक्रमण अपडेट : देशभर घट्यो, काठमाडौंमा बढ्यो, आज १६ जना थपिए

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौंका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बुधवार काठमाडौंमा थप १६ जनामा कोरोना संक्रमण देखिएको हो ।



    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ६ जना र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।



    पछिल्लो समय काठमाडौं उपत्यकामा ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ ।

    मंगलवार काठमाडौं उपत्यकामा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमवार काठमाडौं उपत्यकामा एकैपटक ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार