Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुग्यो, आज मात्रै २५३ डिस्चार्ज

    कोरोना मुक्त हुनेको संख्या ७ हजार ७५२ पुग्यो, आज मात्रै २५३ डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, २४ असार २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपालमा बुधबार थप २५३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज (बुधबार) नेपालमा थप २५३ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।



    यसैबीच नेपालमा बुधबार २५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १६ हजार ४२३ पुगेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार