Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार नाघ्यो

    नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार नाघ्यो

    अनलाइन नेपाल
  • बुधबार, १४ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४ हजार २१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कुल कोरोना संक्रमित मध्ये ७२.७ प्रतिशत संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भई मृत्यु हुनेको संख्या ४९ रहेको छ ।



    यसैबीच नेपालमा आज थप २१० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार