Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालका तीन जिल्ला कोरोना मुक्त

    नेपालका तीन जिल्ला कोरोना मुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १८ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिदै गएको अवस्थामा तीन जिल्ला भने कोरोना मुक्त भएका छन् । देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा ३ जिल्लामा भने आजको दिनमा एक जना पनि सक्रिय संक्रमित छैनन्। भोजपुर, सोलुखुम्बु र दोलखामा अहिले कुनै पनि सक्रिय केस छैनन्।

    प्रदेश १ मा हालसम्म ६२३ जना संक्रमित भएकोमा ४०० जना संक्रमणमुक्त भएका छन्। उक्त प्रदेशमा २२३ सक्रिय केस छन् । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन ।



    नेपालमा पीसीआर परीक्षण गरिएका मध्ये ६.२ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ।



    देशभर बुधबार साँझसम्मको तथ्यांकअनुसार २ लाख ३३ हजार २२७ जनाको नमुना परीक्षण गर्दा १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर भने २६ प्रतिशत छ । बुधबारसम्ममा ४ हजार ६५६ जना कोरोनामुक्त भएका छन् ।

    सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा छन्। प्रदेश २ मा हालसम्म ३ हजार ८५६ जना संक्रमित भएका छन् भने १ हजार ३९३ जना संक्रमणमुक्त भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार