Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, २५ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौंका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा नेपालमा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्य काठमाडौंका ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।



    यसैगरी बितेको २४ घण्टामा थप १३९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ७ हजार ८९१ जना पुगेको छ ।



    २५ प्रयोगशालाबाट बितेको २४ घण्टामा थप ४ हजार ५८८ जनाको सीसीआर विधिबाट नमुना परीक्षण भएको छ । क्वारेन्टिनमा २४ हजार ४२५ जना रहेका छन् भने आइसोलेशनमा ८ हजार ६०५ रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार