Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंमा थपिए २८ कोरोना संक्रमित

    काठमाडौंमा थपिए २८ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप २८ जनामा कोरोना संक्रकण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौंमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    त्यस्तै पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    भने त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पतालमा गरिएको परीक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए ।

    पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमितको संख्या बृद्धि भइरहेको छ । उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार