Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाका कारण काठमाडौंका २ सहित ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

    कोरोनाका कारण काठमाडौंका २ सहित ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

    अनलाइन नेपाल
  • शनिबार, २७ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका २ र सिन्धुपाल्चोकका १ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।



    मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं महानगरपालिका –१० शंखमुलका ६० वर्षीय पुरुषको असार २६ गते र गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुषको २५ गते मृत्यु भएको हो । त्यसैगरी सिन्धुपाल्चोक पाँचपोखरी–६ का ४५ वर्षीय पुरुषको असार २५ गते मृत्यु भएको थियो ।



    शंखमुलका मृतक पुरुष फोक्सोमा पानी जमेको र मिर्गौला रोगका कारण असार १६ गते पाटन अस्पतालमा भर्ना भएका थिए । ती पुरुषमा १७ गते परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

    त्यस्तै गोकर्णेस्वर नगरपालिकाका मृतक पनि मिर्गौला रोगका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । स्वासप्रश्वासमा समेत समस्या थपिएपछि स्वाब संकलन गरिएकोमा ती पुरुषमा कोरोना पुष्टि थियो ।

    त्यस्तै क्षयरोगका उपचारका लागि १८ गते पाटन अस्पातालमा भर्ना भएका सिन्धुपाल्चोकका मृतकको परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

    यो सँगै नेपालमा मृतकको संख्या ३८ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार