Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • समुदायमा कोरोना परीक्षण : काठमाडौंमा ५ हजारको नमुना संकलन गरिने

    समुदायमा कोरोना परीक्षण : काठमाडौंमा ५ हजारको नमुना संकलन गरिने

    अनलाइन नेपाल
  • आइतबार, २८ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो केहिदिन यता कोरोना संक्रमणको दर घटेको छ । तर काठमाडौं उपत्यकामा कोरोना संक्रमण हुनेको संख्या केही बढीरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पुष्टि गरिदिन्छ ।

    उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले समुदायमा कोरोना संक्रमण फैलिएको एकिन गर्न परीक्षण सुरु गरेको छ ।



    जसको लागि नखुटोल, कोटेश्वर, संखमुल, बुढानिलकण्ठ, कपन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीबजार, कागेश्वरी मनोहरा र टोखाबाट लगायत उपत्यकाका १२ वटा क्षेत्रबाट नमुना परीक्षण भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले बताए ।



    अहिलेसम्म संकलन भएका ३ हजार नमुना परीक्षण गर्दा १६ सय जनाको रिपोर्ट आउँदा ३ जनामा मात्रै पोजेटिभ देखिएको छ । उनीहरुको ट्राभल हिस्ट्री नभएको पाइएको उनले बताए ।

    असार २५ गतेबाट ४५ हजारको नमुना संकलनको काम अघि बढाइएको पनि उनले बताए । उपत्यकामा मात्रै ५ हजार नमुना संकलन हुनेछन् ।

    बैंक तथा वित्तिय संस्था, मालपोत कार्यालय र आइसियु लगायत अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुको नमुना संकलन सुरु भएको उनको भनाई छ । अहिलेसम्म संकलन गरी रिपोर्ट आएका ५ सय ५ जनामा नेगेटिभ आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार