Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डब्ल्यूएचओकाे चेतावनी: कोरोना महामारीको स्थिति झन् बिग्रिनसक्छ

    डब्ल्यूएचओकाे चेतावनी: कोरोना महामारीको स्थिति झन् बिग्रिनसक्छ

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले केही देशहरुले निर्णायक कदम नचालेमा कोरोना संक्रमणको महामारीको स्थिति झन् बिग्रिने चेतावनी दिएको छ । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत बाटाृमा अघि बढेको भन्दै उक्त चेतावनी दिएका हुन् ।

    उनले भनेका छन्, ‘जुन देशमा कोरोनाका संक्रमण रोक्ने प्रावधान ठीक ढंगले लागु गरिएको छैन, त्यहाँ खतरनाक ढंगले संक्रमण बढीरहेको छ । अझ स्पष्ट रुपमा भन्नुपर्दा कतिपय देश गलत दिशामा हिँडिरहेका छन् ।’ कोरोना भाइरसलाई ‘मानिसको नम्बर एक शत्रु’ बताउँदै उनले, तर कतिपय देशका सरकार र त्यहाँका नागरिकहरुले सावधानी नअपनाएको बताए ।



    धेरै देशहरुमा भौतिक दुरी कायम गर्ने, हात धुने, मास्क लगाउने जस्ता सामान्य सतर्कता पनि नअपनाइएको भन्दै उनले यदि डब्ल्यूएचओ र स्वास्थ्यविज्ञहरुले दिएका सावधानीका उपाय नअपनाए विश्व सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिए । उनले भने, ‘यदि आधारभूत कुरामा पनि ध्यान दिइएन भने महामारी लगातार बढ्ने छ र स्थिति झन् पछि झन् खराब हुँदै जाने छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार