Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्बोच्चमा ठगी मुद्दा खेपिरहेका ‘युनिटीका नाइके’सँग आईजीपीको भेटघाट

    सर्बोच्चमा ठगी मुद्दा खेपिरहेका ‘युनिटीका नाइके’सँग आईजीपीको भेटघाट

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 6.5K
    SHARES

    काठमाडौं। सर्बोच्च अदालतमा ठगी प्रकरणमा मुद्दा खेपिरहेका बिबादास्पद व्यापारीसँग भर्खरै नियुक्त भएका आईजीपी शैलेश थापा क्षेत्रीले भेटघाट गरेका छन्।

    युनिटी ठगी मुद्दाका आरोपी एलबी टण्डन भन्ने लोकबहादुर टण्डनले आईजीपी क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयस्थित उनकै कार्यक्षमा पुगेर बधाई एबं कार्यकालको शुभकामना दिएका हुन । टण्डनले आईजीपी क्षेत्रीसँग बसेको तस्बिरलाई हिजो फेसबुकमा समेत पोस्ट गरेका छन् । टण्डन ग्रिनसिटी अस्पतालका अध्यक्ष समेत हुन। टण्डनलाई आईजीपी क्षेत्रीसँग एक पत्रकारले लगेर भेटाएका थिए।



    उनीमाथि युनिटीबाट ठगी गरेको पैशाले अस्पतालमा लगानी गरेको आरोप लाग्दै आएको छ।



    नेपाल प्रहरीमा इमान्दार र कुनै पनि दाग नलागेको भनेर चिनिएका आईजीपी क्षेत्रीले यस्ता बिबादास्पद व्यक्तिलाई कार्यकक्षमै बोलाएर भेटघाट गरेका कारण उनको स्वच्छ छबीमाथि प्रश्नचिन्ह उठेको एक उच्च प्रहरी अधिकारी नै वताउँछन्।

    युनिटी ठगी प्रकरणमा जिल्ला अदालत ललितपुरले ०७० चैतमा संचालक एलवी टन्डनसहित १२ सञ्चालकलाई दोषी ठहर  गर्दै १ करोड ६ लाखका दरले जरिवाना र तीन वर्ष कैद हुने फैसला गरेको थियो।

    महानगरीय अपराध महाशाखाले २०७१ असोजमा टन्डन र उनका साथी गोबिन्द प्रसाद ज्ञवालीलाई पक्राउ गरी ललितपुर जिल्ला अदालतमा पठाएको थियो।

    उनीहरुले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।

    त्यसपछि उच्च अदालत पाटनबाट २०७४ कात्तिकमा सफाइ पाएका ठगी मुद्दाका टन्डनसहितका आरोपीविरुद्ध सर्वोच्चमा अहिले चार थान मुद्दा विचाराधीन छ।

    उक्त फैसलाविरुद्ध सरकारले टन्डन तथा प्रसाद भनिने काशी गुरुङसहित १ सय ९४ जनाविरुद्ध पुनरावेदन दायर गरेको थियो।

    २०७४ देखि सरकार र विपक्षीले दायर गरेका ४ थान मुद्दा २ वर्षदेखि सर्वोच्चमा पेशी सर्दै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार