Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौंका थप ७ जनालाई कोरोना संक्रमण

    काठमाडौंका थप ७ जनालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर ५ हजार ९० वटा पीसिआर परीक्षण गर्दा काठमाडौंका ७ जनासहित ११६ जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परिक्षणमा ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा १ जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।



    यो सँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ ।

    बितेको २४ घण्टामा नेपालमा थप एकजनाको मृत्यु भएको छ । रौतहटका ३६ वर्षिय पुरुषको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार