Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति सीआईबीकाे फन्दामा

    नेपाल टेलिकमको सर्भर ह्याक गर्ने व्यक्ति सीआईबीकाे फन्दामा

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौँ । नेपाल टेलिकमको सर्भर ह्याक गर्ने एक व्यक्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काे फन्दामा परेका छन्। धनकुटाका २८ वर्षीय दिवाकर देउजालाई ब्युरोले असार ३१ गते धनकुटाबाट नियन्त्रणमा लिएकाे हो ।

    नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टमभित्र गैरकानुनी रुपमा पहुँच बनाएकाे अाराेप उनलाइ प्रहरीले पक्राउ गरेकाे हाे। ब्युरोका प्रवक्ता डीएसपी वेलबहादुर पाण्डेले उनी सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत रहेको जानकारी दिए ।



    प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा देउजाले पटक-पटक पहुँच बनाएका दिए । उनले नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरेका थिए । टेलिकमले असार १२ गते दिएको उजुरीपछि अनुसन्धान गरी उनलाई पक्राउ गरिएको डीएसपी पाण्डेले जानकारी दिए । विद्युतीय कारोबार ऐन २०६३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनका लागि देउजालाई बिहीबार साइबर ब्युरो पठाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार