Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • बैंकिङ कसूर मुद्दाका २ जना फरार अभियुक्त पक्राउ

    बैंकिङ कसूर मुद्दाका २ जना फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बैंकिङ कसूर मुद्दामा फरार दुईजनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका–५ घर भएर चितवन बस्ने ५१ वर्षीय पंचम अकौलिया र खोटाङ घर भएर काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० बस्ने ४८ वर्षीय जयकृष्ण राई छन् ।



    पाटन उच्च अदालतले २०७९ जेठ २४ मा पंचमलाई ५ दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको थियो । २०७९ चैतमा जयकृष्णलाई २ दिन कैद र ५ लाख जरिवान ठहर गरेपछि उनि फरार थिए ।



    पंचमलाई चितवनको भरतपुरबाट र जयकृष्णलाई काठमाडौंको चुनिखेलबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । उनीहरूलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार