Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ग्रीसमा नेपालीलाई अपहरण गरेर नेपालमा २१ लाख ७५ हजार फिरौती लिने चार जना पक्राउ

    ग्रीसमा नेपालीलाई अपहरण गरेर नेपालमा २१ लाख ७५ हजार फिरौती लिने चार जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ग्रीसमा नेपालीहरुलाई बन्धक बनाएर नेपालमा फिरौती लिने चार जनालाई पक्राउ गरेको छ । ब्यूरोले ग्रीसमा अपहरणमा परेका तीन जना नेपालीलाई पनि सकुशल उद्धार गरेको जनाएको छ ।

    देशिक रोजगारीको सिलसिलामा सर्बिया पुगेका एक महिला र दुई पुरुषलाई ग्रीस प्रवेश गर्ने क्रममा पाकिस्तानी नागरिक तथा तिनका सहयोगीले अपहरण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ पर्नेमा महालक्ष्मी–५ धनकुटा (साविक लेगुवा–७) का ३२ वर्षिय शिवराज कुँवर, तार्केश्चर–५ कुमालटार काठमाडौंका ५६ वर्षिय रामेश्वर अर्याल, शिवराज नगरपालिका–१, कपिलवस्तुका ३२ वर्षिय प्रकाश बेल्बासे र फलेवास नगरपालिका–१ शंखपोखरीका ४२ बर्षिय दिलबहादुर थापा रहेका छन् ।



    नेपालमा फिरौती रकम लिने कुँवर भदौ २ गते काठमाडौंको गौरिघाटबाट पक्राउ परेका हुन् भने अर्याल तारकेश्वरबाट पक्राउ परेका हुन् । अर्यालको भूमिका भने नेपालमा फिरौती लिएको रकम शिवराज कुँवरसँग लिन सम्पर्क भएको व्यक्ति रहेको खुलेको छ । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ परेका बेलबासेको भूमिका दुवईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनू भन्ने रहेको खुलेको सीआईबीले जनाएको छ ।



    त्यसैगरी सोही िदिन विमानस्थलबाटै पक्रउ परेका थापाले भने दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

    उनीहरूलाई अपहरण गरेलगत्तै हिन्दी भाषा बोल्ने ती व्यक्तिले ह्वाट्सएपमार्फत परिवारलाई सम्पर्क गरी १५ हजार युरो फिरौती मागेका थिए । अपहरणमा परेका तीनै जना वैदेशिक रोजगारीको सिलसिलामा सर्बिया गएको र त्यहाँको रोजगार तथा तलब सुविधा चित्त नबुझेपछि लुकिछिपी ग्रिस जाने क्रममा अपहरणमा परेका थिए ।

    पीडितका परिवारले अपहरणकारीले भनेबमोजिम नेपालमा रहेका विभिन्न व्यक्तिलाई २१ लाख ७५ हजार रुपैयाँ बुझाएका थिए । पक्राउ परेका ४ जनालाई नै अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार