Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • हनी ट्रयापदेखि ठगीका नयाँ-नयाँ रुप देखिन थालेपछि सिआईबीले जारी गर्‍यो यस्तो सर्कुलर

    हनी ट्रयापदेखि ठगीका नयाँ-नयाँ रुप देखिन थालेपछि सिआईबीले जारी गर्‍यो यस्तो सर्कुलर

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 1.4K
    SHARES

    काठमाडौं। समाजमा नयाँ नयाँ ठगीका रुप देखिन थालेपछि केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी)ले सचेत हुन र साबधानी अपनाउन आग्रह गरेको छ।  सिआईबीले सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै त्यसतर्फ सचेत हुन सूचना जारी नागरिकमा अनुरोध गरेको छ ।

    अवैध ऋण लगानी (मिटर ब्याज) गरी दिएको रकमको धेरै गुणा रकम तिरिसक्दा समेत तमसुक, चेक वा दृष्टी बन्धक जग्गा फिर्ता नदिई उठीबास गराउने गरेको, वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग गरी वा सामाजिक सञ्जालमा साथी बनाई चिट्ठा, उपहारका नाममा ठगी, सस्तो मुल्यमा सामान पठाई दिने भनी ठगी गर्नेजस्ता घटना देखिएको सिआईबीले जनाएको छ।



    सिआईबीका अनुसार अहिले विदेशी नागरिकको आवरणमा आकर्षक गन्तव्यमा पठाई दिने, विवाह गर्ने, व्यापारिक साझेदार बनाउने वा समाज सेवाका नाममा डलरले भरिएका बाक्साका फोटो देखाई एवं झुठा श्रव्य दृष्य सामग्रीसमेत पठाई भ्रममा पारी ठगीका घटनाहरु बढेका छन्। ।



    त्यसैगरी नजिकका व्यक्ति बनी आकस्मिकरुपमा फोनका माध्यमबाट पैसा मागी ठगी गर्ने, मोबाइल बैंकिङको पासवर्ड र बैंकका विवरण मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिई अपलोड गरिदिने (हनी ट्रयाप) धम्कि दिई आपराधिक लाभ लिने, नेपालीको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाई हुन्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिलाई पैसा दिन लगाई आपराधिक कार्यमा संलग्न गराउने कार्य भएको भनी प्रहरीमा उजुरीसमेत परेको छ ।

    नेपालमा क्रिप्टोकरेन्सी तथा डिजिटल नेटवर्किङ आदिबाट धेरै गुणा प्रतिफल दिने भनी प्रलोभनमा पारी ठगी गर्ने कार्यसमेत देखिएको जनाउँदै सिआईबीले यस्ता अवाञ्छित कार्यका सम्बन्धमा सचेतना बढाई सजगता अपनाउन र ठगीबाट बच्न अनुरोध गरेको छ ।

    यस्तै घटनामा संलग्न नवलपरासीका सुनिलकुमार गुप्ता र जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान जारी रहेको सिआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार