Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • बीमा वापतको २ करोड ५० लाख हत्याउन नक्कली बिहेदेखि हत्यासम्म, यसरी सिआईबीको फन्दामा परे ६ अभियुक्त

    बीमा वापतको २ करोड ५० लाख हत्याउन नक्कली बिहेदेखि हत्यासम्म, यसरी सिआईबीको फन्दामा परे ६ अभियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 2.3K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बीमा वापतको २ करोड ५० रुपैयाँ लिन नक्कली विहे गर्ने र गराउनेदेखि हत्या गर्नेसम्मका ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले बीमा वापतको २ करोड ५० लाख रुपैयाँ हत्याउन सर्जन विकको दुर्घटनामा पारी हत्या गराएको खुलेको छ ।

    पक्राउ पर्नेहरुमा कोहलपुर–२ बाँकेकी २१ वर्षीय सपना मल्ल, वालिङ–६ स्याङ्जाका ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुर–१५ बाँकेका ३२ वर्षीय सरदार अहमत खाँ, बैजनाथकै ३३ वर्षीय जीतबहादुर राना क्षेत्री, कोहलपुर–११ बाँकेका ३८ वर्षीय दीपक केसी र कोहलपुरक–१ बाँकेकी २१ वर्षीय आरती भन्ने ललिता कुमारी सापकोटा रहेका छन् ।



    सिआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार उनीहरुले योजनाबद्ध ढंगले सर्जज बीकको हत्या गरी बीमा वापतको २ करोड ५० लाख रुपैयाँ बाँडफाँड गरेका थिए । उक्त रकम मिलाउन सञ्जीव अर्यालले मुख्य भूमिका निर्वाह गरेको पनि खुलेको सिआईबीले जनाएको छ ।



    यस्तो छ फिल्मी शैलीको हत्या घटनाक्रम
    २०७८ वैशाख २ गते बेलुका ११ बजे बाँकेको कोहलपुर नगरपालिका ११ बस्ने २१ वर्षिय सर्जन विक टिपरमा बालुवा लोड गरेर भे १० प १७२७ नम्बरको मोटरसाइकलमा घर फर्कदै थिए । सोही बेला बैजनाथ गाउँपालिका– ६ को भित्री सडकमा विक चढेको मोटरसाइकललाई भे १ ख २४९१ नम्बरको मिनी ट्रकले ठक्कर दियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सर्जन बिकको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।

    प्रहरीले मिनी ट्रक चालक टोपबहादुर राना क्षेत्रीलाई नियन्त्रणमा लियो । अनुसन्धान पूरा गरेर फाइल अदालतसम्म पठायो । अदालतले सवारी ज्यान मुद्दामा ट्रक चालक टोपबहादुर राना क्षेत्रीलाई ३० दिन कैद र २ हजार जरिवाना गर्‍यो । सर्जन चढेको मोटरसाइकलका मालिक अहमद खाँले सफाइ पाए ।

    त्यसपछि शुरु भयो सञ्जीवको समूहको पैसा असुल्ने नक्कली योजना । अदालतबाट मुद्दा टुंगिसकेपछि २१ वर्षीया सपना मल्ल साढे २ करोड रुपैयाँ बीमा रकम दाबी गर्दै रिलायन्स लाइफ इन्स्योरेन्समा पुगिन् । आफू सर्जनको श्रीमती भन्दै इन्सोरेन्स कम्पनी पुगेकी सपनालाई उनै योजनाकार सञ्जीवले नै त्यहाँ पुर्याएका थिए । मुख्य योजनाकार रहेका सञ्जीवले अभिकर्ता (बीमा एजेन्ट) सरदार अहमद खाँलाई पनि आर्थिक प्रलोभनमा पारी घटना गराएको खुलेको छ ।

    सर्जनले सञ्जीव मार्फत रिलायन्स लाइफमा साढे २ करोडको बीमा गराएका रहेछन् । प्रक्रिया पूरा भएपछि इन्स्योरेन्स कम्पनीले सपनालाई बीमाको रकम भुक्तानी पनि गर्‍यो । भुक्तानीपछि रिलायन्स लाइफले पनि पुनर्बिमा कम्पनीसँग आफ्नो दाबी पेश गर्‍यो । पुनर्बीमा कम्पनीले कागजात अध्ययन गर्ने क्रममा सर्जन र सपनाको एक महिनाअगाडि मात्र विवाह दर्ता भएको देखेपछि शंका लागेर पुनर्बीमा कम्पनी सिआईबीसम्म पुग्यो ।

    विवाहलगत्तै घटना भएको देखेपछि पुनर्बीमा कम्पनीले सत्यतथ्य छानबिन गर्न माग गर्दै सीआईबीमा उजुरी दियो । विवाह दर्ता भन्दा अघि नै इच्छ्याएको व्यक्तिको नाममा श्रीमती भन्दै सपनाको नाम राखेको पाइएपछि पुनर्बीमा कम्पनी सशंकित भएर उजुरी दिन आएको थियो । त्यसपछि सिआईबीले अनुसन्धान थालेको थियो । जसले गर्दा सीर्आबीलाई अनुसन्धान गर्ने ‘क्लु’ मिलेको थियो ।

    अनुसन्धानका क्रममा २०७७ फागुन २८ मा सपनाको नाम इच्छ्याएको व्यक्तिका रूपमा राखिएको थियो भने विवाह दर्ता चैत २ गते मात्र भएको थियो । सीआईबीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले भने–‘पुनर्बीमा कम्पनीले हामीकहाँ उजुरी गरेपछि अनुसन्धान शुरू गरेका थियौं ।’

    अनुसन्धान गर्दै जाँदा प्रहरी समेत चकित परेको उनले बताए । अनुसन्धानका क्रममा सञ्जीवले २०७७ फागुन ५ गते कामना सेवा विकास बैंकमा सर्जन र सर्जनकी श्रीमती भनिएकी सपना मल्लको नाममा पनि सोही बैंकमा खाता खोलिदिएका रहेछन् । दुवै जनाको नामबाट चेक निकालेर हस्ताक्षर गराई सञ्जीव आफैले लिएको पनि खुलेको छ ।

    त्यसो त सञ्जीवले नै उनीहरुको नक्कली विवाह गराइदिएको पनि खुलेको छ । सञ्जीवकी गर्लफ्रेण्ड ललिताले सपनालाई सञ्जीवसँग भेट गराएकी थिइन् । सर्जन विदेश जान लागेकाले डिपेन्डेन्टमा विदेश जान पाइन्छ भनेर फकाएर ललिताले सञ्जीसँग भेटाएपछि उनीहरुलले नै नक्कली विवाह गराएको खुलेको छ ।

    एआईजी सुवेदीका अनुसार बीमाको दाबी भुक्तानीका लागि उनीहरूले योजनाबद्धरूपमा सपना र सर्जनको विवाह दर्ता गराएका थिए ।सर्जनको १ करोड २० लाखको जीवन बिमा गराइएको थियो । त्यसमा थप ७० लाखको डेथ बेनिफिट उपलब्ध थियो । यसका अलावा ३० लाखको ५ वर्षे म्यादी जीवन बीमा समेत गराएर इच्छ्याएको व्यक्तिमा सपनालाई राखिएको थियो । म्यादी बीमामा पनि सोही बराबरको दुर्घटना बीमा जोडिएकाले कम्पनीको नियमबमोजिम समग्रमा दाबी गर्न मिल्ने रकम २ करोड ५० लाख रुपैयाँ थियो ।

    बिमाको पहिलो किस्ताको प्रिमियम ५ लाख ४० हजार रुपैयाँ सञ्जीव आफैँले तिरिदिएको खुलेको एआईजी सुवेदीले बताए । अनुसन्धानका क्रममा कल डिटेल्स अध्ययन गर्दा सपनाले श्रीमान् भनिएका सर्जनसँग भन्दा सञ्जीव, ललिता, दीपकलगायतसँग फोनमा बढी कुराकानी गर्ने गरेको पाइएको पनि एआईजी सुवेदीले बताए ।

    प्रहरीका अनुसार २०७८ भदौ १४ गते बिमाबापतको रकम भुक्तानी लिएर उनीहरूले पैसा बाँडफाँड गरेका थिए । सपनाको खातामा आएको २ करोड ५० लाखमध्ये सञ्जीव अर्यालले ८० लाख ३६ हजार, दीपक केसीले ६० लाख, छविकुमारी खत्री (सपनाकी आमा)ले १७ लाख ४६ हजार, सपना मल्लले ८६ लाख ८९ हजार, एटीएम कार्डबाट निकालिएको ३ लाख ३ हजार ५ सय, पीओएसबाट २ लाख ६९ जार ९८० र ५ हजार ३१६ रुपैयाँ रिचार्ज गरेको पाइएको सिआईबीले जनाएको छ । जवकी बीमाको भुक्तानीको काम सबै सञ्जीव र दिपकले गरेको हुँदा सपनालाई धेरै कुरा थाहा नभएको पनि अनुसन्धानमा खुलेको छ ।

    प्रहरीले मुख्य योजनाकार सञ्जीवलाई कोहलपुरबाट साउन ११ गते, सपना मल्ललाई दिल्ली हुँदै जापान जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ९ गते, तथा सरदार अहमद खाँ, टोपबहादुर क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई साउन ११ गते बाँकेका विभिन्न स्थानबाट पक्राउ गरेर ल्याइएको सिआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार