Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सिआईबीले भन्यो – ललितानिवास प्रकरणमा असम्बन्धित व्यक्तिलाई पनि जोडेर अतिरञ्जित बनाइयो

    सिआईबीले भन्यो – ललितानिवास प्रकरणमा असम्बन्धित व्यक्तिलाई पनि जोडेर अतिरञ्जित बनाइयो

    अनलाइन नेपाल
  • सोमबार, २५ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अतिरञ्जना र भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ । सोमबार सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेका हुन् ।

    कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ ।



    बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी जग्गा संगठित रूपमा किर्ते गरेर व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरू उपर अहिले अनुसन्धान भइरहेको ब्युरोले जनाएको ।



    हाल केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जालहरुमा प्रस्तुत कसूरको तथ्यगत विषयहरुलाई अन्यत्रै मोडी कसूरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नामसमेत जोडी अतिरञ्जित र भ्रामक रुपमा केही समाचार तथा विज्ञप्तिहरूमा प्रकाशित सामग्रीप्रति यस व्यूरोको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

    ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हाल ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।’

    यस प्रकरणमा ब्यूरोले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको अवगत गराएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार