Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।



    प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।



    मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि बुधबार भर्ना भएका उनको बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक पुष्टि गर्न बाँकी छ । सम्भवतः मन्त्रालयले आज (शुक्रबार) को नियमित प्रेस व्रिफिङमा पुष्टि गर्ने मन्त्रालयल स्रोतको दावी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार