Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • हत्या गरी फरार भारतीय ६ वर्षपछि पक्राउ

    हत्या गरी फरार भारतीय ६ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 4K
    SHARES

    काठमाडाैँ । पर्सामा हत्या गरी फरार भएका एक भारतीय ६ वर्षपछि पक्राउ परेका छन्।

    फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियान अन्तर्गत साउन २ गते विशेष सूचनाकाे आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले भारत वेतिया पश्चिम चम्पारण घर भइ पर्सा वीरगन्ज १९ टाेलमा लुकीछिपी बसाेबास गर्दै आएका ४६ वर्षीय धर्मेन्द्र प्रसाद कलवारलाई पक्राउ गरेकाे हाे।



    २०७१ बैशाख ९ गते बारा साविक विश्रामपुर गाविस वडा नं. ९ मा भारत रक्साैल घर भइ पर्सा वीरगन्ज १९ का प्रमाेद शाह तुरहालाई धारिलाे हतियार प्रहार गरी हत्या गरेकाे कलवारमाथि आराेप लागेकाे २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी धिराजप्रताप सिंहले बताए।



    प्रहरी टाेलीले कलवारलाई पक्राउ गरी आवश्यक कारवाहीकाे लागि जिल्ला प्रहरी कार्यालय बारा बुझाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार