Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्यारालाइसिसको बहानामा वीर अस्पताल पुगेर फरार भएका थुनुवा सात दिनपछि यसरी परे प्रहरीको फन्दामा

    प्यारालाइसिसको बहानामा वीर अस्पताल पुगेर फरार भएका थुनुवा सात दिनपछि यसरी परे प्रहरीको फन्दामा

    अनलाइन नेपाल
  • सोमबार, ५ बैशाख २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले अस्पतालबाट फरार भएका थुनुवालाई सात दिनपछि पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका राजेश तिरुवा सात दिन अघि वीर अस्पतालबाट फरार भएका थिए ।

    प्यारालाइसिस भएको भन्ने बहाना बनाई उपचारको लागि वीर अस्पताल पुगेका तिरुवा चैत २९ गते राती अस्पतालबाट फरार भएका थिए ।



    साबिक कुञ्चोक गाबिस–६ हाल परिवर्तित इन्द्रावती गाउँपालिका–३ कुञ्चोक करमडाँडा, सिन्धुपाल्चोक घर भएका भक्तबहादुर कामीको छोरा वर्ष ४५ को राजेश तिरुवा उपचारका क्रममा वीर अस्पतालबाट फरार भएका थिए ।



    फरार भएको सूचना पाउनासाथ खोजीमा जुटेको महानगरिय प्रहरी परिसरको विशेष टोलीले आज उनलाई सात दिनपछि बुढानीलकण्ठ नगरपालिका–१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका तिरुवालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौंमा पठाइएको परिसरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार