Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अदालत परिसरबाटै सुन चोरीका अभियुक्त फरार

    अदालत परिसरबाटै सुन चोरीका अभियुक्त फरार

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.1K
    SHARES

    दाङ । जिल्ला अदालत दाङबाट प्रहरीले म्याद थप गर्न लागेका एकजना बन्दी फरार छन ।

    घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार ५ बजेतिर जिल्ला अदालत परिसरबाटै भागेका हुन् । विश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए ।



    विश्वकर्मालाई न्यायाधिशसमक्ष पेश गर्ने क्रममा शौचालय गएका थिए। त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतले जानकारी दिए ।



    लामो समयसम्म शौचालयको ढोका नखुलेपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ फेला नपरेको उनले बताए । विश्वकर्मा शौचालयको झ्यालबाट निस्किएर अदालतको पर्खाल नाघेर भागेका हुन् ।

    उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार