Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • तस्करीको सुन बिक्रीमा संलग्न पाँचजना कारागार चलान

    तस्करीको सुन बिक्रीमा संलग्न पाँचजना कारागार चलान

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 645
    SHARES

    काठमाडौं । ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँचजना कारागार चलान भएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।



    काठमाडौं जिल्ला अदालतका अनुसार सोप्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी र बिक्री वितरणमा संलग्न नायब सुब्बा रेवन्त खड्का, सेक्युरिटी गार्ड निर्मलकुमार विक, भन्सार एजेन्ट दिनेश बस्नेत, व्यापारी वेदप्रकाश अग्रवाल र साहेवराव पाण्डुरङ मरगलेलाई थुनामा पठाउने आदेश भएको छ ।



    उक्त प्रकरणमा संलग्न भनिएका अर्का प्रतिवादी अमृत कार्कीलाई भने साधारण तारेखमा छोड्न आदेश भएको छ । प्रहरीले भेपमा सुन तस्करी र चोरी प्रकरणमा प्रतिवादी बनाइ अदालतमा ६ जनालाई नै पेस गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार