Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कामदारको ज्याला लुटेर फरार भएका सुवास नौ वर्षपछि पक्राउ

    कामदारको ज्याला लुटेर फरार भएका सुवास नौ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १९ साउन २०७८
  • 1.7K
    SHARES

    फाइल फोटो

    भोजपुर। मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् ।

    विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।



    कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ ।



    विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र रु १२ लाख ७७ हजार २५० जरिवानाको फैसला गरेको थियो । फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए ।

    विश्वकर्मालाई कैद भुक्तानका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार