Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एक वर्षमा १,१४९ जना फरार अभियुक्त पक्राउ

    एक वर्षमा १,१४९ जना फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ साउन २०७८
  • 2.7K
    SHARES

    राम नारायण यादव / सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले एक वर्षमा १ हजार १ सय ४९ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न घटनामा संलग्न रही फरार रहेकाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    आर्थिक वर्ष २०७८-०७९ मा अदालतबाट फैसला भई फरार रहेकाहरुलाई फैसला कार्यान्वयन गराउने क्रममा १ हजार १ सय ४९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।



    उनीहरु कर्तव्य ज्यान, हाडनाता करणी, लागूऔषध, सवारी ज्यान, चेक अनादर, अंशबन्डा, सम्बन्ध विच्छेद, कुटपिट र लुटपाट मुद्दामा संलग्न रहेको उनले बताए । फौज्दारी मुद्दाका २ सय १ र देवानी मुद्दाका ९ सय ४८ जना अदालतबाट सजाय पाएर फरार भएको प्रवक्ता काफ्लेले जानकारी दिए ।



    पक्राउ परेकाहरुबाट १ करोड १९ लाख ५४ हजार ८ सय १६ रुपैयाँ राजश्व असुल गरिएको र तिनीहरुबाट २ सय ४२ वर्ष ५ दिन कैद भूक्तान गराइने उनले बताए ।

    त्यस्तै चालु आर्थिक वर्षमा भन्सार छलि गरेर ल्याएको ३ करोड १७ लाख ५९ हजार १ सय ७६ मुल्य बराबरको अबैध किराना, लत्ताकपडाहरु, सवारी साधन, मदिराजन्य, विद्युतिय सामग्री लगायतका सामानहरु बरामद गरिएको प्रवक्ता काफ्लेले बताए ।

    यस अवधिमा तस्करीमा संलग्न १ सय २४ जनालाई पक्राउ गरी कारवाही समेत गरिएको उनले जानकारी दिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार