Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जबर्जस्ती करणीपछि गर्भ, छोरी जन्मिएपछि हत्या, १६ बर्षपछि फरार अभियुक्त पक्राउ

    जबर्जस्ती करणीपछि गर्भ, छोरी जन्मिएपछि हत्या, १६ बर्षपछि फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    तनहुँ । कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।

    नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फैसला सदर गरेको थियो ।



    कर्तव्य ज्यान मुद्दामा तत्काल पक्राउ परेकी टीकामाया अम्गाईँ भन्ने टीका थापाको बयानमा  सार्कीले नै जबर्जस्ती करणी गरेकाले गर्भ रहन गएको र छोरी जन्मिएपछि खरबारीमा लगेर हत्या गरेका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार