Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ ।

    कोरोना संक्रमण पुष्टि भएका महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने औपचारीक पुष्टी गर्न बाँकी छ ।



    समान्य बिरामी भएर उपचारका लागि प्रतिष्ठान पुगेका महोत्तरीका ६० वर्षीय जेष्ठ नागरिकको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएपछि साउन १ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।



    अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको राती निधन भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए।

    अस्पतालका अनुसार उपचारमा आउँदा गम्भीर अवस्थाका पुरुषमा कुनै दीर्घ रोग थिएन । तर कोरोना संक्रमणपछि उनलाई निमोनिया र मिर्गौला ड्यामेजको समस्या देखिएको थियो ।

    योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृतकको संख्या सात पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार