Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रौतहट र कैलालीमा पाँच सय भन्दाबढी कोरोना संक्रमित

    रौतहट र कैलालीमा पाँच सय भन्दाबढी कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । सोमबार थप १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

    नेपालका ७७ जिल्ला मध्ये रौतहट र कैलालीमा पाँच सयभन्दा बढी कोरोना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमित सप्तरीका २१ जना, सिरहाका १ जना, धनुषाका १० जना, महोतरीका १० जना, पर्साका १८ जना, काभ्रेपलान्चोकका १ जना, ललितपुरका ३ जना, पर्साका २ जना, काठमाडौंका ३ जना, कास्कीका ३ जना, बाँकको १ जना, रुपन्देहीका १ जना, सुर्खेतका १ जना, दैलेखका २८ जना, सल्यानका २ जना, बैतडीका ४ जना गरी बितेको २४ घण्टामा नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कोरोना संक्रमणमुक्त हुनेको संख्या १३ हजार ७५४ पुगेको मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार