Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • गण्डकीमा २८ महिने बालकसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

    गण्डकीमा २८ महिने बालकसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा थप ३१ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    योसँगै गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ४३० पुगेको छ। संक्रमण पुष्टि भएकाहरुमध्ये स्याङ्जाका २५ तथा बागलुङका ६ जना रहेका छन् ।



    जसमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका २८ महिने बालकसहित १८ पुरुष र दुई महिला तथा अर्जुनचौपारी गाउँपालिकाका चार जना पुरुष, वालिङ नगरपालिकाका एक जना पुरुष रहेका छन् । त्यसैगरी, बागलुङको निसीखोला गाउँपालिकाका पाँच जना पुरुष र वरेङ गाउँपालिकाका एक जना पुरुष रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार