Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौंमा थपिए ३२ जना कोरोना संक्रमित

    काठमाडौंमा थपिए ३२ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । काठमाडौंमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणका क्रममा ३ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा थप २ जना, वीर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा १८ जना गरी पछिल्लाे २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    लकडाउन खुलेसँगै काठमाडौंमा संक्रमितको संख्या थपिईरहेको कारणले भिडभाडमा नजान, अनिवार्य मास्कको प्रयोग गर्न, टाढैबाट अभिवादन गर्न, बेलाबेला मिचिमिची साबुनपानीले हात धुन र सेनिटाईजर प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार