Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका ‘एक्टिभ केस’ ५ हजार ६७२ मात्र

    नेपालमा कोरोनाका ‘एक्टिभ केस’ ५ हजार ६७२ मात्र

    अनलाइन नेपाल
  • आइतबार, १८ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपालमा अहिले ५ हजार ६७२ जना कोरोना भाइरस संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत अर्थात ‘एक्टिभ केस’ रहेका छन् । एक्टिभ केस रहेकामध्ये सबैभन्दा बढी प्रदेश–२ मा २ हजार १७५ जना रहेका छन् ।

    यस्तै प्रदेश–१ मा २५१ जना, प्रदेश–२ मा २ हजार १७५, बाग्मती प्रदेशमा ६०६, गण्डकी प्रदेशमा २८७, प्रदेश–५ मा ३९६, कर्णाली प्रदेशमा २९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६६४ जना एक्टिभ केस रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    नेपालमा पछिल्लाे २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ । आज थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छिन् ।



    पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार