Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका ‘एक्टिभ केस’ ७ हजार ६१३ जना

    नेपालमा कोरोनाका ‘एक्टिभ केस’ ७ हजार ६१३ जना

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । नेपालमा हाल ७ हजार ६ सय १३ जना कोरोना संक्रमित एक्टिभ केस रहेको छ । नेपालमा पछिल्लाे २४ घण्टामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ ।

    त्यस्तै हालसम्म संक्रमित मध्ये ६८ दशमलव ४ प्रतिशत अर्थात १६ हजार ७२८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।  थप ६४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    अहिले प्रदेश-१ मा ६१४ जना, प्रदेश-२ मा ३ हजार ४५७ जना, बाग्मती प्रदेशमा १ हजार ५ २४ जना, गण्डकी प्रदेशमा २४७ जना, प्रदेश नं ५ मा ६५७ जना, कर्णाली प्रदेशमा २ सय २० जना र सुदूरपश्चिम प्रदेशमा ८९४ जना काेराेनाका सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार