Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा भेटिए ५१ जना नयाँ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा भेटिए ५१ जना नयाँ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १९ साउन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालमा सोमबार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ५१ जना काठमाडौं उपत्यकामा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।



    काठमाडौं जिल्लामा ४३ जना, ललितपुरमा तीन जना र भक्तपुरमा पाँच जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १७ जना, राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडाैंका आठ र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यसैगरी वीर अस्पतालमा गरिएको परीक्षमा काठमाडौंका दुई जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका दुई जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडैंका पाँच र ललितपुरका एक जनामा संक्रमण भेटिएको हो । वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका तीन जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार