Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौं उपत्यकामा ६२ जनालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं उपत्यकामा ६२ जनालाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २० साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । आज काठमाडौ उपत्यकामा ६२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार केन्द्रीय प्रयोगशाला टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी कोरोना अस्पताल, स्टार अस्पताल लगायतका स्थानमा गरिएको परीक्षणमा ४८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ललितपुरमा १ र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका छन्।



    योसँगै काठमाडौंमा ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ व्यक्तिमा कोरोना संक्रमण भएको छ। योसँगै उपत्यकामा हालसम्म ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज देशभर २५९ जना संक्रमित थपिएका छन् भने ६५ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार