Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडौंमा थपिए कोरोनाका ५७ जना नयाँ संक्रमित

    काठमाडौंमा थपिए कोरोनाका ५७ जना नयाँ संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, २१ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंका ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    देशभर थपिएका ३८१ जनामध्ये काठमाडौंका ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३५९ वटा नमूना परीक्षणमा काठमाडौंमा मात्रै ५७ वटा नयाँ केस पुष्टि भएको हो ।



    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा १४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा १ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा २ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा ११ जना, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा १ जना बिआईडिएच प्रयोगशालामा गरिएको परिक्षण काठमाडौंका १ जना गरी ५७ जना संक्रमित थपिएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार