Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • काठमाडाैंका ९२ सहित उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित

    काठमाडाैंका ९२ सहित उपत्यकामा थपिए १०६ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २३ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं। काठमाडाैं उपत्यकामा आज थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडाैंमा ९२, ललितपुरका १० र भक्तपुरका ४ जना गरि १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे हाे ।

    यसैबीच नेपालमा आज थप ४६४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमणमुक्त भएका छन् । याेसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७० जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार