Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

    नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो, पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २४ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएसँगै मृतकको संख्या ७३ पुगेको हो ।

    कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।



    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार साउन १८ गते कोभिड–१९ पुष्टि भएी ती महिलालाई पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी थिइन् । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।



    त्यसैगरी कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका–३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।

    यस्तै, मोरङ विराटनगर–९ बस्‍ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार