Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • २४ घण्टा नवित्दै चार जना कोरोना संक्रमितको मृत्यु, एकको रिपोर्ट आउन बाँकी

    २४ घण्टा नवित्दै चार जना कोरोना संक्रमितको मृत्यु, एकको रिपोर्ट आउन बाँकी

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पछिल्ला दिनहरुमा उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढिरहेको छ भने मृतकको संख्या पनि बढिरहेको छ । हिजो काठमाडौं उपत्यकामा १३४ जनामा संक्रमण पुष्टि भएको थियो ।

    हिजो (मंगलबार) को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफिङको समयसम्म कोरोना संक्रमणबाट ८३ जनाको मृत्यु भएको थियो ।



    तर, हिजो बेलुका र आज विहानसम्म थप ५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । यद्यपी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने त्यसको औपचारिक पुष्टि गर्न बाँकी छ ।



    बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय पुरुष र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय पुरुष, डाक्नेश्वरी नगरपालिका–८ सप्तरी घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्व, ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षिया एक जना महिला तथा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको गएराती मृत्यु भएको हो ।

    बुटवल अस्थायी अस्पतालमा मृत्यु भएका गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

    अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले बताएअनुसार दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

    २५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो तर, तेलीको स्वाबको पीसीआर परीक्षण भने नभएको डा. थापाले बताए ।

    त्यसैगरी सप्तरीका ८० वर्षिया बृद्धलाई चार दिनअघि ज्वरो आएको थियो । ज्वरो आउँदा उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो । एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको हो । उनी यसअघि मुटु सम्बन्धी रोगी थिए भने थाइराइड, सुगर, उच्च रक्तचापबाट समेत पीडित थिए ।

    त्यसैगरी पाटन अस्पतालमा मृत्यु भएकी ३८ वर्षीया जनकपुरी महिला साउन १८ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

    यसैबीच ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मंगलबार राती मृत्यु भएकी काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको कोरोना परीक्षण रिपोर्ट आज विहान पोजेटिभ आएको हो ।

    उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार