Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

    मेडिसिटी अस्पतालमा जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 1.9K
    SHARES

    जनकपुरधाम । जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।



    गिरी २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बनेका थिए । उनी जनकपुरधामको मिल्स एरियास्थित होटल रामाका सन्चालकसमेत हुन् । जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । उनका छोरा डा. सन्तोष गिरीका अनुसार उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए ।



    उपचार गर्न अस्पताल भर्ना भएकै समयममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको परिवारजनले मृत्यु भएको पुष्टि गरेपनि अस्पतालले यो समाचार तयार पार्दासम्म केही जानकारी दिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार