Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ

    स्कुटर चोरीमा संलग्न तीन जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २९ साउन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    पोखरा । प्रहरीले पोखरामा स्कुटर तथा मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा साविक थालाजुङ गाबिस–४ स्थायी घर भई हाल पोखरा–३ नदीपुर बस्ने वर्ष १९ का सन्दीप श्रीमल तथा अन्य दुई जना किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

    बुधबार बिहान १ बजे फूलबारीमा स्कुटर चोरेर भाग्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका थिए । पक्राउपछि अनुसन्धान गर्ने क्रममा अन्य थप दुई वटा चोरीको स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले साउन २५ गते पोखरा–४ गणेशटोलस्थित सुकमाया कामीको घरको कम्पाउण्डबाट चोरी भएको ज्ञानकुमारी गुरुङकोे ग६प ६३४२ नम्बरको रातो डियो स्कुटर पोखरा–१२ फूलबारी सफामार्गमा फेला पारेको थियो ।



    त्यसैगरी साउन २६ गते राति पोखरा–४ रामकृष्ण टोलबाट चोरी भएको धनमाया गुरुङको नामको ग १७ प ३०५१ नम्बरको रातो डियो स्कुटर र साउन २७ गते राति १२ः३० बजेमा पोखरा–११ प्रगतिटोलबाट हराएको सिर्जना मल्ल ठकुरीकोे ग५प ३९१५ नम्बरको निलो डियो स्कुटर पोखरा–२६ बुढीबजारबाट बरामद गरिएको प्रहरी प्रवक्ता हमालले जानकारी दिए।



    पोखरा उपत्यका र आसपासबाट विभिन्न समय र स्थानबाट मोटरसाइकल र स्कुटर चोरी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहत इलाका प्रहरी कार्यालय, सिसुवाबाट प्रहरी टोली खटिई खोजतलास तथा अनुसन्धानको शुरु गरेको थियो । पक्राउ परेकाहरुको साथबाट चोरीका पाँच थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी तथा डाँका कसुरअन्तर्गत जिल्ला अदालतबाट बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार